कर्णालीबाट नखेल्ने अनुजको घोषणा

सुर्खेत: क्रिकेटर अनुज चुनाराले कर्णाली प्रदेशबाट नखेल्ने घोषणा गरेका छन् । मंगलवार सामाजिक सञ्जालमार्फत अनुजले कर्णालीबाट नखेल्ने घोषणा गरेका हुन् ।
कर्णाली प्रदेशका लागि आफूले सक्दो योगदान दिएको भएपनि विगत तीन वर्षदेखि टोलीबाट गरिएको व्यवहारका कारण नखेल्ने निर्णयमा पुगेको जनाएका छन् । उनले भनेका छन्, ‘मैले सधैं कर्णाली प्रदेशको लागि आफ्नो तर्फबाट सक्दो योगदान दिएको छु । तर, विगत तीन वर्षदेखि टोलीबाट मैले पाएको व्यवहारका कारण आज म यो लेख्न बाध्य भएको छु ।’
राम्रो प्रदर्शन गर्दा पनि खेल्न नपाएको उनले उल्लेख गरेका छन् । टिममा पर्दा पनि दुई–तीन ओभरभन्दा बढी बलिङ गर्न नदिइएको उनको भनाइ छ । यसबारेमा कप्तानसँग पनि कुराकानी गरेको उनले खुलाएका छन् । ‘मैले कप्तानसँग सोध्दा माथिबाट जे आदेश आउँछ, त्यही गर्छु भन्ने जवाफ पाइयो,’ अनुजले लेखेका छन्, ‘यी सबै परिस्थितिलाई मध्यनजर गर्दै मैले आजदेखि कर्णाली प्रदेशबाट नखेल्ने निर्णय गरेको छु ।’
प्रकाशित मितिः २ बैशाख २०८३, बुधबार १६:२८
साझा बिसौनी ।