सामूहिक रक्तदान

सुर्खेत: परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आयोजनामा सामूहिक रक्तदान कार्यक्रम गरिएको छ । समाजले आइतवार वीरेन्द्रनगरमा ‘निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान कार्यक्रम’ आयोजना गरेको हो । जसमा ४२ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ड खनालले रक्तदान जीवनदान भएको भन्दै आयोजकलाई धन्यवाद दिए । रक्तदानमा सहभागी चित्र बिकले रक्तदान कार्यक्रमले आफूलाई स्वयम्सेवाको अवसर प्रदान गरेको बताए । अर्का सहभागी रेचर बुढाक्षेत्रीले पनि रक्तदानमार्फत छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नु भन्ने परमेश्वरको शिक्षालाई व्यवहारमा लागू गर्न पएको भन्दै खुसी व्यक्त गरे ।

‘निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’ परमेश्वरको मण्डलीद्वारा विश्वव्यापी रूपमा आयोजना हुने कार्यक्रम हो । मण्डलीले सन् २००५ मा कोरियाबाट सुरु गरेर हालसम्म ६७ वटा देशहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मितिः   २५ फाल्गुन २०८२, सोमबार १४:४२