समानुपातिकमा पनि रास्वपा अगाडि

सुर्खेत: प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत भइरहेको मतगणनामा प्रत्यक्षजस्तै समानुपातिक प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि छ ।
शुक्रवार रातिसम्म गणना भएको मतमा रास्वपा सबैभन्दा अगाडि देखिएको हो । यो समाचार तयार पार्दासम्म रास्वपा १८ हजार आठ सय ३० मतसहित पहिलो स्थानमा छ । कांग्रेस पाँच हजार पाँच सय ६० मतसहित दोस्रो स्थानमा छ ।
एमालेभन्दा राप्रपा अगाडि देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार आठ सय ४८ मत पाउँदा नेकपा (एमाले)ले दुई हजार एक सय एक मत पाएको छ ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीभन्दा श्रम संस्कृति पार्टीले बढी मत पाएको छ । श्रम संस्कृतिले सात सय ८४ र नेपाली कम्युनिष्ट पार्टीले ६ सय १९ मत पाएका छन् ।
राष्ट्रिय परिवर्तन पार्टीले चार सय १३, नेपाल मजदुर किसान पार्टीले एक सय ११, नेपाल जनता संरक्षण पार्टीले ९२, प्रगतिशील लोकतान्त्रिक पार्टीले ५१, जनता समाजवादी पार्टी नेपालले ४२ मत पाएका छन् । अन्य दलले पाएको मत ३० भन्दा कम रहेको छ ।
प्रत्यक्षतर्फको मतगणना सकिएको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको पनि मतगणना भइरहेको छ । अन्य क्षेत्रमा भने प्रत्यक्षतर्फको गणना सकिएपछि समानुपातिक गणना गरिने निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मितिः २३ फाल्गुन २०८२, शनिबार ०५:०१
साझा बिसौनी ।