पाठक भेट्न ‘हरिबहादुर’ सुर्खेतमा
सुर्खेत, १६ जेठ ।
‘हरिबहादुर’ उर्फ हरिवंश आचार्य आफ्नो दोस्रो किताब प्रकाशन गरेर पाठक प्रतिक्रिया बुझ्न किताब यात्रामा निस्किएका छन् । यसैक्रममा उनले मंगलवार सुर्खेतमा पाठकसँग अन्तरसंवाद गरे ।
आफ्नो हालै प्रकाशित उपन्यास ‘हरिबहादुर’ लिएर देशब्यापी किताब यात्रामा निस्किएका उनले किताबको पात्र हरिबहादुर बनेर दर्शकलाई हसाएँ । पुस्तक हस्ताक्षरका साथै पाठकहरूसँग आफ्नो पुस्तकको बारेमा प्रतिक्रिया समेत लिएका थिए । उनले हरिबहादुर बनेर आफ्नो किताबको बारेमा जानकारी दिनुका साथै समसामयिक राजनीतिक अवस्थामाथि व्यंग्य समेत गरेका थिए । ‘किताब यात्रा’ ले कृतिलाई पाठकमाझ पु¥याउन सहज हुने हरिवंशले बताए । हरिवंशको ‘चिना हराएको मान्छे’ जिवनीको सफलतापछि उनले दोस्रो कृति ‘हरिबहादुर’ ल्याएका हुन् । किताब यात्रामार्फत् पठनसंस्कृतिलाई व्यावसायिकतासँग जोड्ने प्रयास गरेको हरिवंशले बताए ।
पुस्तकका प्रकाशक फाइनप्रिन्टका कार्यकारी अधिकृत निरज भारीले किताब यात्राले लेखकसँग पाठकहरूको भेट हुनुका साथै पुस्तक पठन संस्कृतिको विकास गर्न सघाउ पुग्ने बताए । ‘हरिबहादुर किताब यात्रा’ पोखराबाट सुरु भइ बुटवल, दाङ हुँदै सुर्खेत आइपुगेको हो । सुर्खेतपछि कोहलपुर, धनगढी, नारायणगढ, बिर्तामोड, विराटनगर, धरान र २५ गते सिन्धुली पुगेर समापन हुने जनाइएको छ ।
प्रकाशित मितिः १७ जेष्ठ २०७४, बुधबार १६:१०
साझा बिसौनी संवाददाता ।