स्टेशनरी व्यवसायी महासंघमा नयाँ नेतृत्व

सुर्खेत: नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुर्खेतको अध्यक्षमा महेश अधिकारी निर्वाचित भएका छन् । नेतृत्व चयनका लागि शनिवार भएको मतदानमा अधिकारी ३६ मत पाएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी राजकुमार सिंजापतिले २२ मत पाए । कुल ५९ मत खसेकोमा एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ । यसअघिको कार्यसमितिमा अधिकारी सचिव र सिजापति उपाध्यक्ष थिए । अधिकारी वीरेन्द्रनगर–६ मा रहेको मिशन बुक हाउका सञ्चालक हुन् ।

त्यसैगरी कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विमला थापा, उपाध्यक्षमा देवेन्द्र शर्मा, सचिवमा भक्त मल्ल, सहसचिवमा नकेन्द्र शाही र कोषाध्यक्षमा विक्रम खड्का सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । सदस्यहरूमा नरबहादुर बस्नेत, खगेन्द्रबहादुर शाही, सुशीलराज देवकोटा र सन्तोष बिसी छन् ।

अध्यक्षमा निर्वाचित अधिकारीले पुस्तक व्यवसायीहरूको हकहित एवम् व्यावसायिक विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मितिः   २० पुष २०८२, आईतवार १५:०८