चितुवाको छालासहित एक जना पक्राउ

सुर्खेतमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन् । प्रहरीले विहीवार जिल्लाको गुर्भाकोट नगरपालिका वडा नम्बर १३ गुमीका ३० वर्षीय गान्धि अर्याललाई घरैबाट चितुवाको छालासहित पक्राउ गरेको हो ।

अर्यालको घरमा चितुवाको छाला रहेको सूचना पाएपछि प्रहरीले उनको घरमै पुगेर पक्राउ गरेको हो । घरको भित्तामा झुण्ड्याएर राखेको अवस्थामा ६ फिट ५ इन्च लम्बाई र १ फिट ८ इन्च चौडाई भएको चिुतवाको सुकाएको छाला फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी मोहन आचार्यले जानकारी दिए । चितुवाको छाला प्रहरीले जिल्ला वन कार्यालय सुर्खेतलाई बुझाएको छ भने पक्राउ परेका अर्यालमाथि थप अनुसन्धान भइरहेको आचार्यले जनाए ।

प्रकाशित मितिः   ११ जेष्ठ २०७४, बिहीबार १५:२२