सुर्खेतमा टिभिएसको एक्सचेन्ज अफर
सुर्खेत: सुर्खेतमा टिभिएसले एक्सचेन्ज अफर सञ्चालन गरेको छ । टिभिएसको सुर्खेतस्थित आधिकारिक बिक्रेता भानु इन्टरप्राइजेजले पुस १३ देखि १८ गतेसम्म एक्सचेन्ज अफर सञ्चालनमा ल्याएको हो ।
यो अफरअन्तर्गत पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ साट्न पाइने भएको छ । ग्राहकहरूले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा छुट पाउने बताइएको छ । ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम् ३० हजार रूपैयाँ बराबरको मूल्यांकन हुने भानु इन्टरप्राइजेजका सेल्स म्यानेजर किशोर ओलीले जानकारी दिए । उनले ग्राहकलाई दश हजार बराबरको थप मूल्य मूल्यांकन गर्न सकिने पनि जनाए ।
यसैगरी नगदमा खरिद गर्दा आठ हजारसम्मको छुट दिइएको छ भने नागरिकता र लाइसेन्सकै भरमा फाइनान्सको सुविधा पनि दिइएको छ । इन्जिनमा लाइफटाइम वारेन्टीसमेत छ ।


साझा बिसौनी ।