पीपलबोटमा नयाँ नेतृत्व

सुर्खेत: पिपलबोट बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः बलबहादुर सार्की निर्वाचित भएका छन् । संस्थाको २३औँ वार्षिक साधारणसभाले सार्कीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा मनिराम भण्डारी, सचिवमा गणेशमान खनाल र कोषाध्यक्षमा अशोक कुमार गाहा मगर चयन भएका छन् भने सदस्यहरूमा खड्कबहादुर सार्की, दिनेश पंगाली, सरिता बुढाथोकी, तारा विष्ट र विष्णुप्रसाद चपाई रहेका छन् । लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा खेमराज रावत छन् भने सदस्यहरूमा किरण किशोर सापकोटा र पुष्पा पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदनका साथै प्रस्तावित नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन, आगामी वर्षको बजेट, लेखा परीक्षण प्रतिवेदन र ऋण उपसमितिको प्रतिवेदन पारित गरेको छ । साधारणसभाकै क्रममा विभिन्न विधानमा गरेर ३९ जना शेयर सदस्यहरूलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।

प्रकाशित मितिः   ७ पुष २०८२, सोमबार १३:५०