साझा सहकारीको साधारणसभा
सुर्खेत: साझा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मदनबहादुर खड्काको सभाध्यक्षता तथा नेफ्स्कून सदस्य कार्यालय सुर्खेतका कार्यालय प्रमुख मदनकुमार चन्दको प्रमुख अतिथ्यतामा सभा सम्पन्न गरिएको हो ।
सभाले आर्थिक वर्ष २०८१/०८२ को प्रगति तथा १३ करोड आठ लाख ७० हजार बराबरको आर्थिक प्रतिवेदन पनि पारित गरेको छ । सोही कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कारोबार गर्ने चार जना सदस्यलाई सम्मान गरिएको छ ।
त्यसैगरी संस्थामा कार्यरत लेखापाल बालकुमारी रोकाय उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृत भएको संस्थाका नगद सहायक शिव रेग्मीले जानकारी दिए ।
प्रकाशित मितिः ७ पुष २०८२, सोमबार ०५:०४

साझा बिसौनी ।