अपाङ्गतामैत्री नीति बनाउन ध्यानाकर्षण

सुर्खेत: अपाङ्गतामैत्रीनीतिनिर्माण गर्न कर्णालीप्रदेश सरकारलाई ध्यानाकर्षण गराइएको छ । अपाङ्गमहासंघ नेपाल कर्णालीप्रदेश कार्यालयले सोमवार सामाजिकविकासमन्त्री घनश्याम भण्डारीलाई ध्यानाकर्षणपत्र बुझाइएको हो ।
आवश्यक नीति नहुँदा अपाङ्गता भएका व्यक्ति अवसरबाट वञ्चितभइरहेको राष्ट्रिय अपाङ्ग महासंघका यज्ञप्रसाद देवकोटाले बताए । बेला–बेला सरकारको ध्यानाकर्षण गराएको भएपनि सुनुवाइनभएको उनको भनाइ छ । मन्त्रीमार्फत अपाङ्गताभएकाव्यक्तिका सवाल सम्बोधनहुनेगरी नीतिनिर्माण गर्न मागगरिएको देवकोटाले जानकारी दिए ।
ध्यानाकर्षण पत्रबुझ्दै सामाजिक विकास मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको प्रादेशिकनीतिनिर्माण गर्नकापहलगर्ने बताए । प्रादेशिकनीतिको ड्राफ्टमाथि अपाङ्गताभएको व्यक्तिहरूको प्रादेशिकनिर्देशन समितिको बैठकमा पेस गरी उक्तप्रादेशिकनीतिको ड्राफ्ट यसै आर्थिक वर्षमापास गर्नेगरी पहलगरिरहेको उनको भनाइ छ । राष्ट्रिय अपाङ्गमहासंघले दशै वटा जिल्लाबाट के कस्ता योजनाहरू मागगर्ने त्यसकाविषयमा छलफल गरी ल्याउन समेत मन्त्री भण्डारीले सुझावदिए । अपाङ्गतामैत्रीभवननिर्माण, आवश्यकनीतिनिर्माणका विषयमाआफूले पनि सक्दो पहलगरिरहेको उनको भनाइथियो । राखेकामागजायजभएको भन्दै क्रमश सम्बोधनहुँदै जाने उनले जनाए ।
प्रकाशित मितिः २३ मंसिर २०८२, मंगलवार १५:३६
साझा बिसौनी ।