सुर्खेत महिला जेसिजमा नयाँ कार्यसमिति

सुर्खेत: सुर्खेत महिला जेसीजको नयाँ कार्यसमिति चयन गरिएको छ । शनिवार वीरेन्द्रनगरमा भएको १५औँ वार्षिक साधारणसभाबाट वर्ष २०२६ का लागि मनु सुनारको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा भिमा शाही र पशुपती बुढा छन् भने उपाध्यक्षमा स्वस्तिका बिसी, रितु बयलकोटी, निशा बुढा र लक्ष्मी बिसी रहेका छन् ।
साधारणसभामा उम्मेदवार तालिम समेत दिइएको थियो । प्रशिक्षकहरू ज्योति कार्की र सिता भण्डारीले सहभागि सदस्यहरूलाई जेसिजको बारेमा जानकारीसहित नेतृत्व विकाससम्बन्धी तालिम दिएका हुन् ।
प्रकाशित मितिः २१ मंसिर २०८२, आईतवार १५:१०
साझा बिसौनी ।