नारायण–भागीरथी सेवा सम्मान प्रदान

सुर्खेत: नारायण भागीरथी सेवा सम्मान–२०८२ जनचेतना प्राथमिक विद्यालयलाई प्रदान गरिएको छ । नारायण भागीरथी सेवा समाजले सानो सुर्खेतस्थित विद्यालयलाई सम्मान गरेको हो ।
शिक्षासेवी कुलमान शाक्यले २५ हजार नगदसहित सम्मानपत्र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर बोहोरा तथा प्रधानाध्यापक चन्द्रा अर्याललाई हस्तान्तरण गरे । उनले समाजसेवाको यो कार्यक्रम उदाहरणीय भएको बताए ।
सोही अवसरमा विद्यालयका प्रतिभाशाली छात्र गणेश नेपाली र छात्रा सृष्टि कसेरालाई शैक्षिक सामग्री पनि प्रदान गरिएको छ ।
कार्यक्रममा समाजका संरक्षक प्रा.डा.जीवेन्द्रदेव गिरीले सामाजिक जागरण र रूपान्तरणका लागि यस्ता कार्यक्रम फलदायी हुने धारणा राखे । भेरी साहित्य समाजका अध्यक्ष थानेश्वर लामिछानेले नारायण भागीरथी सेवा समाजले आफूलाई पनि सामाजिक सेवाका लागि प्रेरणा दिएको बताए ।


साझा बिसौनी ।