एन्फा लिगको सेमिफाइनल आजदेखि

सुर्खेतमा जारी जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिताको सेमीफाइनल आजदेखि सुरु हुने भएको छ । पहिलो सेमिफाइनल खेल आज एबीसी युथ क्लब र साथी खोर्के युवा क्लबीच हुुँदैछ ।

खेल दिउँसो ४ बजे वीरेन्द्रनगर रंगशालामा हुने आयोजक सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए ।

सेमिफाइनल चरणका खेलमा दर्शकका लागि २० रुपैयाँ टिकट शुल्क तोकिएको समेत उनले जानकारी दिए ।

प्रकाशित मितिः   १० जेष्ठ २०७४, बुधबार १२:५७