कृषि सहकारीको साधारणसभा
सुर्खेत: मेहेलपानी कृषि तथा पशुपालन सहकारी संस्था लि. वीरेन्द्रनगर १४ सुर्खेतको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष मनिराम कँडेलको अध्यक्षता र ज्येष्ठ सदस्य शशीलाल गौलीको प्रमुख आतित्थ्यतामा साधारण सभा गरिएको हो ।
सभामा अध्यक्ष कँडेलले आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८२/०८३ को संशोधित नीति कार्यक्रम तथा आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तावित कार्यकमहरू पेस गरेका थिए । कोषाध्यक्ष विष्णुप्रसाद आचार्यले आर्थिक वर्ष २०८१/०८२ को चार करोड नौ लाख ६२ हजार बराबरको यथार्थ आय–व्ययसहित आर्थिक वर्ष २०८२/०८३ को संशोधित आय–व्यय प्रस्तुत गरे ।
दुग्घ संकलन तथा वितरण उपसमितका संयोजन तथा संस्थाका सचिव रविलाल भण्डारीले आर्थिक वर्ष २०८१/०८२ मा एक लाख ३० हजार चार सय ८९ लिटर दुध संकलन गरी बिक्री गरिएको र त्यसबाट ९६ लाख दुई हजार बराबरको आम्दानी भएको जानकारी दिए ।
साधारणसभामा संस्थाको वार्षिक कार्यक्रम अनुसार विभिन्न व्यक्तिहरूलाई पुरस्कृत तथा सम्मान कार्यक्रम पनि गरिएको लेखा सुपरीवेक्षण समिति संयोजक कांशीराम भट्टराईले जानकारी दिए ।
प्रकाशित मितिः १४ मंसिर २०८२, आईतवार ०९:५९
साझा बिसौनी ।