विजयादशमीको शुभकामना

हिन्दु धर्मावलम्बीहरूको महान चाड दसैँ घर–आँगनमा प्रवेश गरिसकेको छ । देश–विदेशमा रहेकाहरू दसैँ मनाउनकै लागि गाउँघर फर्किएका छन् । वर्ष दिनसम्म छुटिएका आफन्तबीच भेटघाट र मान्यजनबाट आशीर्वचन पाउनु यो पर्वको महङ्खवपूर्ण पक्ष हो । नेपाली समाज मौलिक संस्कृति र परम्परामा विशिष्ट छ । चाडबाड, धर्म, रीतिरिवाज र लोकपरम्परा नै हाम्रा संस्कृतिका पहिचान हुन् । दसैँ पर्वले धार्मिक महत्व मात्र बोकेको छैन । यसले आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा महङ्खवपूर्ण योगदान पनि पु¥याएको छ ।

दसैँ–तिहार जस्ता ठूला चाडपर्वमा आर्थिक क्षेत्र फस्टाउने गरेको पाइन्छ । यहीँ समयमा सहर–बजारमा धेरै र ठूल्ठूला आर्थिक कारोबार हुन्छन् । गाउँदेखि सहरसम्म आर्थिक गतिविधि चलायमान रहन्छ । यसकारण आर्थिक हिसाबले दसैँ एउटा उत्तम पर्व मानिन्छ । त्यसैगरी यसको धार्मिक महङ्खव पनि विशिष्ट रूपको मानिन्छ । दसैँलाई असत्यमाथि सत्यले विजय प्राप्त गरेको पर्वका रूपमा हेरिन्छ । सामाजिक हिसाबले पनि दसैँ उत्कृष्ट चाड हो । यसले समाजलाई एक आपसमा मिलाउने काम गरेको छ । नैतिक शिक्षा दिएको छ र सबैसँग घुलमिल गर्दै अगाडि बढ्न समाजलाई प्रेरणा दिएको छ । त्यही कारणले यो कुनै एक समूहको चाड नभइ सबै नेपालीको चाडका रूपमा स्थापित भएको हो ।

अर्कोतिर चाडपर्वको समयमा विभिन्न आपराधिक घटना तथा सडक दुर्घटनाहरू बढी हुने गर्दछन् । कर्णाली प्रदेशमा विगतमा हरेक वर्ष यस्ता घटना हुँदै आएका छन् । त्यसैले सुरक्षा निकायले दसैँ, तिहार र छठ पर्वको समयमा विशेष निगरानी बढाउन जरुरी छ । त्यसो त विगतदेखि नै कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्वको बेला अन्य समयमा भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने गरेको छ । खासगरी दसैँ–तिहारमा हुने जुवा, तास र मदिरा सेवनलाई पनि नियन्त्रण गर्नेगरी रणनीति तयार गर्न जरुरी देखिन्छ । यो अवधिमा आवागमन धेरै हुने भएकोले ट्राफिक व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने हुन्छ । चाडपर्व लक्षित सुरक्षा योजनामा सीमा सुरक्षा, चोरी–तस्करी, ठगी, लुटपाटको विषयमा समेत आवश्यक सतर्कता अनिवार्य देखिन्छ ।

आम नागरिकले पनि चाडपर्वहरूले तडकभडक गरेर होइन, सद्भाव कायम गर्नेतर्फ ध्यान पु¥याउनुपर्दछ । आफ्नो गच्छेअनुसार जस्तो सकिन्छ, त्यसैमा सन्तोष मानेर खुशीसाथ दसैँ मनाऔँ । पर्वहरूले सबैलाई खुसी दिनुपर्दछ । आपसी सद्भावको वातावरण बन्नुपर्दछ । पर्वहरू कसैको लागि पनि पीडा बन्नु हुँदैन । यसमा आम नागरिक, सुरक्षा निकायसहित सम्बन्धि सबै सरोकारवालाहरू सचेत हुन आवश्यक छ । हाम्रो तर्फबाट विजयादशमी–२०८२ को हार्दिक मंगलमय शुभकामना ।

प्रकाशित मितिः   १३ आश्विन २०८२, सोमबार ०५:०३