यरिचोकमा कृषि बैंकको शाखा
सुर्खेत: कृषि विकास बैंकले सुर्खेतमा अर्को शाखा विस्तार गरेको छ । वीरेन्द्रनगरको यरिचोकमा पनि बैंकको शाखा सञ्चालनमा आएको छ ।
यरीचोक शाखाबाट कार्यालयले निक्षेप र कर्जाका सम्पूर्ण सुविधासहित लकरको समेत सेवा प्रदान गर्ने प्रबन्धक ताराप्रसाद पौड्यालले जानकारी दिए । कृषि विकास बैंकका कर्णाली प्रदेशमा २० वटा शाखा कार्यालयहरू सञ्चालनमा रहेको छन् ।
वि.सं. २०२४ सालमा स्थापना भएको बैंकले हाल सातवटै प्रदेश र ७७ जिल्लामा वाणिज्य बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


साझा बिसौनी ।