सनराइज बैंकको शाखा सुर्खेतमा
सन्राइज बैंक लिमिटेडको ७० औं शाखा सुर्खेतमा विस्तार भएको छ । आइतवार एक कार्यक्रमको आयोजना गरी बैंक सुर्खेत शाखा उद्घाटन गरिएको हो ।
कार्यक्रममा नेपाल राष्ट्र बंैकका क्षेत्रीय प्रमुख गुरूप्रसाद पौडेलले धेरै जसो बैंकहरू सहर केन्द्रित भएकाले सनराइज बंैकले अब ग्रामीण भेगमा पनि आफ्नो शाखा विस्तार गर्नुपर्ने सुझाव दिए । सुर्खेतका सबै नगरपालिका र गाउँपालिकामा बंैकको शाखा विस्तार गरी ग्राहकमैत्री वातावरणमा ग्राहकलाई सेवा सुविधा दिनुपर्ने उनको भनाइ थियो । उनले सनराइज बैंकले अन्य क्षेत्रमा भन्दा कृषि क्षेत्रमा बढी लगानी गर्नुपर्ने सुझाव दिए । अहिले ४७ करोड मात्र कृषि क्षेत्रमा र औद्योगिक क्षेत्रमा ढाइ अर्बसम्म बैङ्कहरूले लगानी गर्ने भएकाले अब कृषि क्षेत्रमा कर्जा धेरै लगानी गर्नुपर्ने बताए ।
सनराइज बैङ्कका कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले सनराइज बैंकको शाखा सुर्खेतमा विस्तार गर्नुको उद्देश्य सुर्खेतलाई बंैकिङ काराबारमा सहज रूपमा पहुँच पु¥याउने रहेको बताए । उनले बंैकको ६० अर्ब निक्षेप, ५१ अर्ब कर्जा र चुक्ता पूँजी पाँच अर्ब ४५ करोड रहेको बताए । बैंकको हाल १३ प्रतिशतमा ब्याजदर रहेको उनको भनाइ थियो । उनले सनराइज बैंको शाखा मध्यपश्चिम र सुदूरपश्चिममा भर्खरै विस्तार भएकाले अब यसको शाखा गाउँ–गाउँसम्म पु¥याउने लक्ष्य रहेको बताए ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले बैंकहरूले छिटो–छिटो ब्याजदर बढाउने भएकाले व्यवसायीहरूलाई
समस्या भएको बताए । उनले लगानीमैत्री बैंकहरू नहुँदा व्यवसायीहरूलाई धेरै ब्याजदरमा कर्जा लिनुपरिरहेको अवस्था भएकाले सनराइज बैंकले लगानीमैत्री वातावरणमा ग्राहकहरूलाई सेवा सुविधा प्रदान गर्नुपर्ने सुझाव दिए । वीरेन्द्रनगर वडा नम्बर ६ का नवनिर्वाचित वडा अध्यक्ष मोतिप्रसाद कँडेलले बैंकहरूको पहुँच नपुगेको ठाउँमा सनराइज बैंकले बैंकिङ सुविधा दिनुपर्ने बताए । बैंकले गाउँ–गाउँमा बैंकिङ सेवा दिइ स्वरोजगार बनाउनुपर्ने उनको भनाइ थियो ।
साझा बिसौनी संवाददाता ।