कर्णालीको दोस्रो जित

सुर्खेत: एभरेस्ट महिला भलिबल लिगमा साविक विजेता कर्णाली यश्विसले लगातार दोस्रो जित हात पारेको छ । पोखरामा जारी दोस्रो संस्करणको दोस्रो खेलमा कर्णालीले शनिवार लुम्बिनी लाभाजलाई पराजित गरेको छ ।
कर्णालीले लुम्बिनीलाई ३–१ को सेटमा पराजित ग¥यो । खेलको पहिलो सेट लुम्बिनीले २५–२३ ले जितेको थियो । त्यसपछिका सेट पनि निकै प्रतिस्पर्धात्मक रहे । कर्णालीले दोस्रो सेटमा २५–२१, तेस्रो सेटमा २५–१७ र चौथो सेटमा २५–२२ को जित निकाल्यो ।

तेस्रो सेटको खेल चलिरहँदा कप्तान एवम् मार्की खेलाडी अरुणा शाही घाइते भएपछि लुम्बिनी निकै दबाबमा थियो । बल रिसिभ गर्ने क्रममा उनी आफ्नै टिमकी भेरोनिका जुबरेभासँग ठोक्किएकी थिइन् । अरुणाको टाउकोमा चोट लागेपछि उनी मैदान बाहिर रहिन् । यतिबेला कर्णाली २१–१७ अंक बनाएर अगाडि थियो । लुम्बिनीका खेलाडी दबाबमा रहँदा त्यसपछि कर्णालीले लगातार ४ अंक जोडेर सेट आफ्नो पक्षमा पा¥यो । चौथो सेटमा प्रदर्शन सुधार भएपनि जितका लागि पर्याप्त रहेन ।

कर्णालीको यो दोस्रो जित हो । कर्णालीले शुक्रवार पहिलो खेलमा घरेलु टिम पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । लुम्बिनीको भने यो पहिलो खेल हो । शुक्रवार नै भएको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

प्रकाशित मितिः   २२ भाद्र २०८२, आईतवार १२:३४