बौद्ध ग्रामीणको योजना तर्जुमा गोष्ठी
सुर्खेत: बौद्ध ग्रामीण बहुउद्देश्यीय सहरकारी संस्था लिमिटेडले आयोजना गरेको दुई दिने योजना तर्जुमा गोष्ठी वीरेन्द्रनगरमा सम्पन्न भएको छ । मंगलवारदेखि सुरु भएको गोष्ठी बुधवार समापन गरिएको हो ।
गोष्ठीमा संस्थाका सचिव पासाङ्ग महताराले ऋण लगानी वृद्धि तथा भाखा नाघेका ऋण असुली प्रक्रिया लगायतको विषयमा सहजीकरण गरेका थिए । उनले वार्षिक योजना तर्जुमा गर्दा उल्लेख गरिएका बजेटलाई उपयुक्त ढंगले सदुपयोग गर्न सहभागीलाई आग्रहसमेत गरे ।
त्यसैगरी प्रमुख कार्यकारी अधिकृत विशाल के.सी.ले अघिल्लो आर्थिक वर्षको समीक्षा र छलफल, संस्थामा देखिएको समस्या तथा चुनौतिहरू, परिवर्तित ब्याजदर तथा नयाँ नीति लक्ष्य पूरा गर्न रणनीति तथा प्रतिवद्धतालगायतको विषयमा सहजीकरण गरे । संस्थाका मुख्य प्रबन्धक धनबहादुर शाहीले संस्थाको वार्षिक योजना प्रस्तुत गरेका थिए ।
सञ्चालक समिति सदस्य लक्ष्मण रोकाय, बि.जी. एकेडेमी एण्ड रिसर्च सेन्टरका प्रिन्सिपल थीरबहादुर थापा, मैनतडा सेवा केन्द्रका बरिष्ठ प्रबन्धक हरि कँडेल, केन्द्रीय कार्यालयका मुख्य प्रबन्धक डम्बरबहादुर विश्वकर्माज्सहित संस्थाको २३ ओटा शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गोष्ठीको समापन संस्थाका अध्यक्ष सिंहबहादुर गुरुङको सभापतित्वमा भएको हो ।


साझा बिसौनी ।