एन्फा जिल्ला लिग : क्वाटरफाइनल समीकरण पूरा

सुर्खेत, ५ बैशाख । सुर्खेतमा संचालन भइरहेको एन्फा जिल्ला लिग फुटवलको क्वाटरफाइनलको समीकरण पूरा भएको छ । क्वाटरफाइनलमा पुग्ने ८ वटै टिमको शुक्रवार टुंगो लागेको छ ।
शिरमोर, सिर्जनशील, सिद्धपाइला, काक्रेविहार, वीरेन्द्रनगर, एवीसी वाईसी, स्काई र बुद्धपथ क्लव अन्तिम ८ मा पुगेका हुन् । कूल १७ टिम सहभागी मध्ये विभिन्न चरणको खेलपछि ८ वटा टोली क्वाटरफाइनल पुगेका हुन् । अन्तिम ४ का लागि आइतवारदेखि खेल हुने सुर्खेत जिल्ला फुटवल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए ।

प्रकाशित मितिः   ५ जेष्ठ २०७४, शुक्रबार २०:०५