गुर्भाकोटमा कांग्रेस विजयी

सुर्खेतको गुर्भाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । उक्त नगरपालिकाको प्रमुख र उपप्रमुखसहित ११ वटा वडामा कांग्रेसले जीत हात पारेको हो ।
नगरप्रमुखमा हस्तबहादुर पुन विजयी भए । उनले १० हजार ६३ मत प्राप्त गरे । उनका निकटम प्रतिद्धन्द्धी एमालेका देवबहादुर खत्रीले ७१२३ मत प्राप्त गरे ।

उपप्रमुखमा कांग्रेसकै मैना विकले ९९७४ मत प्राप्त गरी विजयी भईन् ।

प्रकाशित मितिः   ४ जेष्ठ २०७४, बिहीबार १७:१९