दशनामी युवा समितिमा पुरी
सुर्खेत: नेपाल दशनामी युवा समिति सुर्खेतको अध्यक्षमा बलभद्र पुरी चयन भएका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न प्रथम अधिवेशनबाट पुरीको अध्यक्षतामा सर्वसम्मतरूपमा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा तुल्सी गिरी, सचिवमा उत्तम गिरी र कोषाध्यक्षमा विवेक गिरी छन् भने सदस्यहरूमा अशेस गिरी, लक्षमी गिरी, दिनेश पुरी, सरोज पुरी, मोती गिरी, चन्द्रप्रकाश भारती, भक्तराज भारती, शुसिल गिरी, मुस्कान बन, हरी पुरी र सुजन गिरी रहेका छन् ।
अधिवेशनबाटै सल्लाहकार समिति समेत चयन गरिएको छ । जसमा डा. सरोज गिरी, भुवन पुरी, डा. पदम गिरी, विनोद गिरी, सुदिप पुरी र गणेश कन्चन भारती रहेका छन् । कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष पार्वती गिरी, दशनामी समाज सुर्खेतका अध्यक्ष तिर्थराज पुरी, दशनामी युवा समितिका केन्द्रीय अध्यक्ष अर्जुन गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रकाशित मितिः ९ असार २०८२, सोमबार ०५:०४
साझा बिसौनी ।