वार्षिक समीक्षा गोष्ठी सम्पन्न
सुर्खेत: बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको एकदिने वार्षिक समीक्षा गोष्ठी सुर्खेतको लाटिकोइलीमा सम्पन्न भएको छ ।
शनिवार कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष सिंहबहादुर गुरुङले समीक्षा गोष्ठीबाट रणनीतिक कार्ययोजना निर्माण गरी त्यसै अनुरूप कार्य गर्न सके उत्साहजनक प्रतिफल आउने बताए । संस्थाका सचिव पासाङ महाताराले भाखा नाघेको ऋण तथा कर्जा असुली व्यवस्थापनमा लक्ष्य निर्धारण गर्न थप टेवा पुगेको बताउँदै समीक्षामा छलफल भएका बुँदाहरूलाई प्रत्यक्ष व्यवहारमा लागू गर्न आग्रह गरे ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल केसीले कार्यक्रमको बारेमा प्रकाश पार्नुका साथै वर्तमान अवस्थामा सहकारी ऐन तथा नीति नियमको महŒवको विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए । मुख्य प्रबन्धक धनबहादुर शाहीले शाखामा देखिएका समस्याहरू साथै बचत ऋणमा परिवर्तन भएका व्याजदरको विषयमा आफ्ना भनाइ राखेका थिए ।
केन्द्रीय कार्यालयका मुख्य प्रबन्धक डम्बरबहादुर विश्वकर्माले केन्द्रीय कार्यालयहरूले तयार पारेका आगामी रणनीतिहरूको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा शाखा कार्यालय लाटिकोइली, सहकारी कार्यालय लाटिकोइली, सुन्दरनगर, मुलपानी, बड्डीचौर, बाबियाचौर, साटाखानी तथा मटेला सेवा केन्द्रका कर्मचारिहरूको पनि सहभागिता रहेको थियो ।
प्रकाशित मितिः २५ जेष्ठ २०८२, आईतवार १०:११
साझा बिसौनी ।