आजदेखि कर्णाली छोरी सम्मेलन

सुर्खेतः आज (शनिवार) देखि ‘कर्णाली छोरी सम्मेलन’ हुँदैछ । श्री ज्योति फाउन्डेसन र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा वैशाख २७ देखि २९ गतेसम्म सम्मेलन सञ्चालन हुँदैछ ।

सम्मेलनबारे जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले कर्णाली प्रदेशमा फरक स्वरूप र प्रकृतिमा छोरी सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिइन् । ‘कर्णालीका छोरी सशक्तीकरण अभियानको माध्यमबाट सचेत, सवल, सक्षम तथा आत्मनिर्भर कर्णालीका छोरीहरूको निर्माण र विकासमा सघाउ पु¥याउनु हाम्रो उद्देश्य हो,’ उनले भनिन्, ‘यो सम्मेलन एक सम्मेलन मात्र नभएर कर्णालीका छोरीहरूको चेतना जागृत गर्ने र स्वप्निल बन्न सिकाउने एक सामाजिक सन्देश प्रवाह गर्ने जमर्को हो ।’

सम्मेलन कर्णालीका छोरीहरू सशक्तीकरणको एक गतिशील अभियान भएको उनको दाबी छ । कर्णालीका छोरीहरू आफैँमा कमजोर नभइ अधिकार र अवसरबाट वञ्चित हुँदा कमजोर देखिएका हुन् भन्ने वास्तविकताको बोध गराउनु सम्मेलनको मूल ध्येय भएको उनको भनाइ छ ।

सम्मेलनमा हरेक दिन विभिन्न विषयमा प्रवचन तथा बहससहित कार्यक्रमहरू सञ्चालन हुनेछन् भने छोरीका मनका कुरा शीर्षकमा सहभागी छोरीहरूले आफ्ना भोगाइहरू सुनाउनेछन् । यसका साथै सिर्जनशील छोरीहरूलाई प्रतिभा प्रस्तुत गर्ने अवसर पनि प्रदान गरिने जनाइएको छ । सम्मेलनमा कर्णाली प्रदेशका सम्पूर्ण ७९ वटा स्थानीय तहबाट दुई÷दुईजना प्रतिनिधिहरू तथा सीमान्तकृत र लोपोन्मुख राउटे, राजी, बादी र बोटे समुदायबाट थप दुई÷दुईजना गरि करिब दुई सय जना छोरीहरूको सहभागिता रहने छ ।सुर्खेतः

प्रकाशित मितिः   २७ बैशाख २०८२, शनिबार ११:२६