नगर विकासमा अख्तियारको छापा
सुर्खेत: सुर्खेत उपत्यका नगरविकास समितिमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छापा मारेको छ । समितिका लेखापाल खड्कबहादुर रानाले तीन करोड रूपैयाँ हिनामिना गरेको उजुरी अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेपछि सुर्खेत कार्यालयको टोलीले बुधवार छापा मारेको हो ।
आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ सम्म संकलन गरेको राजश्व रकम हिनामिना गरेको आरोप रानामाथि छ । हिनामिना गरेको उजुरी पछि अख्तियारको टोलीले उनलाई सम्बन्धित कागजातसहित पक्राउ गरेको हो ।
उजुरीका आधारमा अख्तियारले नगदी रसिदहरूसहित अन्य कागजातहरू नियन्त्रणमा लिएको छ । करिब दुई घण्टा अख्तियारको टोलीले उपत्यका नगरविकास समितिको कार्यालयमा खानतलासी गरेको थियो । उजुरीपछि कागजात नियन्त्रणमा लिइएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनका अनुसार थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मितिः २८ चैत्र २०८१, बिहीबार १०:४०
साझा बिसौनी ।