हिमाल यातायातमा पुनः शर्मा

सुर्खेत: हिमाल यातायात व्यवसायी संघ सुर्खेतको अध्यक्षमा खगेन्द्रप्रसाद शर्मा चयन भएका छन् । शनिवार सम्पन्न संघको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले तेस्रो कार्यकालका लागि शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जयबहादुर थापा, उपाध्यक्ष रणबहादुर शाही, महासचिव रमेश बराल, सचिव कृष्णप्रसाद जैसी रेग्मी र कोषाध्यक्षमा जगतबहादुर विष्ट छन् । यस्तै  सदस्यहरूमा खम्बबहादुर शाही, ओमजंग रोकाय, खड्कबहादुर बुढा ‘ए’, खड्कबहादुर बुढा ‘बी’, शर्मिला शर्मा, पुतलीकुमारी रावत, रामकृष्ण थापा र भीमप्रसाद चौलागाई चयन भएका छन् ।

 

प्रकाशित मितिः   १७ चैत्र २०८१, आईतवार ०६:०१