प्रदेश राजधानी संरक्षण योजना

सुर्खेत: कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी संरक्षण आयोजना कार्यान्वयन गर्न लागेको छ । बढ्दो जनसंख्यालाई मध्यनजर गरेर व्यवस्थित राजधानी निर्माण गर्ने योजना सरकारको छ । सोही नीति अनुरूप प्रदेश राजधानी संरक्षण आयोजना सञ्चालन गर्न लागिएको हो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर आयोजना निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । आयोजना निर्माणका लागि प्रि–फिजिविलीटी अध्ययनको काम भएको मन्त्रालयका प्रवक्ता पदम देवकोटाले जानकारी दिए ।

यो आयोजना प्रदेश राजधानी संरक्षण गर्ने र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले ल्याइएको हो । आयोजनाको प्रि–फिजिविलीटी अध्ययनको काम खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले गरेको छ । आयोजनाको प्रि–फिजिविलीटी अध्ययन सकिएको निर्देशनालयका निर्देशक श्रीधर भट्टराईले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा प्रि–फिजिविलीटी अध्ययन गरिएको हो ।

प्रदेश राजधानी संरक्षण आयोजना अध्ययनका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले दश लाख बजेट विनियोजन गरेको थियो । आयोजना अन्तर्गत बुलबुलेदेखि काँक्रेविहासम्म आठ सय मिटर सडकलाई व्यवस्थित गरिनेछ । पर्यटन प्रवद्र्धन गर्नका लागि सुर्खेतको प्रसिद्ध पर्यटकीय क्षेत्र बुलबुलेदेखि काँक्रेविहारसम्म संरचना निर्माण गर्न लागिएको हो । उक्त क्षेत्रमा आठ सय मिटरसम्म पर्खाल निर्माण लगाएतका काम गरिने निर्देशक भट्टराईले बताए । उक्त क्षेत्रमा पर्खाल, पुल निर्माण गरिनेछ । त्यसका लागि करिब ३० करोडको लागत अनुमान गरिएको उनले बताए ।

प्रदेश राजधानी संरक्षण योजनाअन्तर्गत बुलबुलेदेखि काँक्रेविहारसम्मको दुरी सहज बनाउनेगरी सडकलाई व्यवस्थित गर्न लागिएको छ । यी संरचना निर्माण गरेपछि बुलबुलेबाट काँक्रेविहार सहज रूपमा आउँजाउँ गर्न सहज हुने अपेक्षा गरिएको छ । एउटा पर्यटकीय स्थलबाट अर्को पर्यटकीय स्थलसम्म पुग्नका लागि दुरी लामो हुँदा पर्यटकहरू अलमलमा पर्ने र असहज रूपमा पुग्ने गरेका थिए । पर्यटन प्रवद्र्धन गर्ने र प्रदेश राजधानीलाई व्यवस्थित गर्ने योजना अनुरूप संरचनाहरू निर्माण थालिएको हो । विशेष गरेर उक्त रुटमा पर्खाल र पुल निर्माण गरिनेछ । आठ सय मिटर सडकको पर्खाल र पुल निर्माणका लागि करिब ३० करोडको लागत अनुमान छ । आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा लैजाने गरी संघीय समपुरक अनुदानका लागि प्रदेश योजना आयोगमा फाइल पेस गरिएको निर्देशनालयले जनाएको छ । निर्देशक भट्टराईका अनुसार आगामी वर्षको बजेटमा समेटेर योजना कार्यान्वयन गर्न लागिएको हो । अहिले अध्ययनसहितको फाइल योजना आयोगमा पेस गरिएको छ ।

 

पर्यटन प्रवर्द्धन गर्न पदमार्ग

यसैगरी कर्णाली प्रदेश सरकारले पर्यटन प्रवद्र्धन योजना प्राथमिकतामा राखेको छ । उक्त योजनाअन्तर्गत सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रमा अवलोकनका लागि जानेहरूका लागि पदमार्ग निर्माण गर्न लागिएको छ । निजी क्षेत्रसमेतको सहभागितामा सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा पदमार्ग निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । चालु आर्थिक वर्षमा सुर्खेत उपत्यका उत्तरी क्षेत्रमा रहेका कट्कुवा, लादे, गोठीकाँडा तथा सिद्धपाइला क्षेत्रलाई हाइकिङ तथा पदमार्गको रूपमा विकास गर्न लागिएको हो ।

निजी क्षेत्रसमेतको सहभागितामा सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा पदमार्ग निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । चालु आर्थिक वर्षमा सुर्खेत उपत्यका उत्तरी क्षेत्रमा रहेका कट्कुवा, लादे, गोठीकाँडा तथा सिद्धपाईला क्षेत्रलाई हाइकिङ तथा पदमार्गको रूपमा विकास गर्न लागिएको हो ।

वीरेन्द्रनगरबाट दैनिक रूपमा नागरिकहरू उक्त स्थानमा हाइकिङ्गमा जाने गरेका छन् । उपयुक्त पदमार्ग नहुँदा नागरिकले सास्ती पाइरहेका छन् । सोही कुरालाई मध्यनजर गरेर सरकारले पदमार्ग निर्माण गर्न लागेको हो । स्थानीयस्तरमा उपलब्ध वस्तुको प्रचार–प्रचार गर्ने उद्देश्य राखिएको छ । कर्णाली प्रदेश सरकारले नागरिकका आधारभूत आवश्यकतासँगै पर्यटन प्रवद्र्धनका विषय उठान गरेको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक महŒवका पर्यटकीय स्थलको पहिचानमा जोड दिइएको छ । पहिचान गरिएका पर्यटकीय स्थलको संरक्षण तथा पुननिर्माण गर्न लागिएको हो । प्रदेश सरकारले राजधानीको संरक्षण आयोजना कार्यान्वयन गर्न लागेको छ । वीरेन्द्रनगरलाई पर्यटकीय नगरीका रूपमा काम गर्न लागिएको हो ।

प्रकाशित मितिः   १७ चैत्र २०८१, आईतवार ०६:०६