साना किसान सहकारीको स्थापना दिवस

सुर्खेत: साना किसान कृषि सहकारी संस्था उत्तरगंगाले विविध कार्यक्रम गरेर स्थापना दिवस मनाएको छ ।

२९औँ स्थापना दिवसको अवसरमा अन्तर समूहस्तरीय हाजिरीजवाफ प्रतियोगितादेखि म्युजिकल चेयर, बेलुन फुटाउने, घैटो फुटाउनेलगायतका प्रतियोगिता गरिएको हो ।

बुधवार संस्थाका अध्यक्ष चाँदनी ढकालको अध्यक्षता एवम् साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयका अधिकृत प्रभात चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा संस्थाका मुख्य प्रबन्धक चित्रप्रसाद रेग्मीले समीक्षागतरूपमा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट हुनेहरूका साथै ज्येष्ठ सदस्य सम्मान, उत्कृष्ठ बाल बचतकर्ता पुरस्कार, एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीहरूलाई पुरस्कार प्रदान गरिएको छ ।

प्रकाशित मितिः   १४ चैत्र २०८१, बिहीबार १३:२०