अनुभव आदान–प्रदान कार्यशाला
सुर्खेतः विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि अन्तरपालिकास्तरीय सञ्जाल विस्तार र अनुभव आदान–प्रदान कार्यशाला सम्पन्न गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाद्वारा आयोजित कार्यशालमा विपद्बाट प्रभावित हुनसक्ने विभिन्न सात वटा स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उनीहरूबीच विपद् व्यवस्थापनको क्षेत्रमा गरेका कार्यहरूको अनुभव आदान–प्रदान गरिएको छ ।
त्यसैगरी सञ्जाल विस्तार र अनुभव तथा सिकाइ आदान–प्रदान साझा मञ्च निर्माण र यसको प्रभावकारिता तथा प्रकोप र स्रोतको नक्शांकन सम्बन्धमा आगामी जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा पेश गर्ने निर्णयसमेत गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना र सबै स्थानीय तहहरूको उपस्थितिमा आगामी फागुन ११ गते लेकवेसी नगरपालिकामा अन्तरपालिका समन्वयात्मक बैठक आयोजना गरिने समेत जनाइएको छ ।
वीरेन्द्रनगरका प्रमुख मोहनमाया ढकालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न स्थानीय तह र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा यूएनडीपी सुपर–२ परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक सिद्धार्थ शर्माले विषयगत प्रस्तुती राखेका थिए । यूएनडीपीको आर्थिक सहयोगमा कर्णाली प्रदेशमा वितद् पूर्वतयारी तथा प्रतिकार्यको क्षेत्रमा काम हुँदै आएको छ ।
प्रकाशित मितिः २६ माघ २०८१, शनिबार ०९:५९
साझा बिसौनी ।