प्रेस चौतारीको अध्यक्षमा हमाल
सुर्खेत: प्रेस चौतारी नेपाल सुर्खेतको अध्यक्षमा मुना हमाल चयन भएकी छिन् । बुधवार वीरेन्द्रनगरमा सम्पन्न सातौं जिल्ला अधिवेशनले हमालको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्ष (खुला)मा दिनेशकुमार बुढा र उपाध्यक्ष (महिला) मा चन्द्रा कँडेले चयन हुँदा सचिवमा रजनी योगी, खुला सहसचिवमा कुलेन्द्र शाही, समावेशी सहसचिवमा तेजबहादुर रोकाय र कोषाध्यक्षमा नवराज रोकाया छन् ।
सदस्यमा कल्पना ढेंगा मगर, कल्पना हमाल, नन्द कठायत, अनिता विक, विनोद घिमिरे, विक्रमकुमार विश्वकर्मा, चन्द्रबहादुर वली र नवराज उपाध्याय छन् ।
साझा बिसौनी ।