जनहितकारीको अर्धवार्षिक समीक्षा

सुर्खेत: जनहितकारी वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समीक्षा गरेको छ । शनिवार वीरेन्द्रनगरस्थित संस्थाको कार्यालयमै समीक्षा गोष्ठि गरिएको हो ।

कार्यक्रममा संस्थाले विगतदेखि चालु आर्थिक वर्षको अहिलेसम्मका गरेका प्रगतिबारे छलफल गरिएको थियो । प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगीले संस्थाले अहिलेसम्म राम्रो काम गरिरहेको भन्दै त्यसलाई विस्तार गर्दै जानुपर्ने बताए ।

संस्थाका अध्यक्ष नवराज कँडेलले सहकारीको माध्यमबाट आर्थिक उन्नति गर्न सकिने बताए । कामसँगै प्रगति विवरण समेत स्पष्ट राखिएको उनको भनाइ । ‘हामीले ६ महिनासम्म के गर्‍यौँ ? के गर्न बाँकी छ ? गरेको कार्यबाट के–कस्ता अनुभव बटुल्याैँ ? शेयर सदस्यलाई कसरी गुणस्तरीय सेवा दिन सकिन्छ, भन्नेबारे जानकारी गराएका छौँ’ उनले भने । सहकारीले आफ्नो लक्ष्य निर्धारण गरि सोहीअनुसार अघि बढेको पनि बताए ।

प्रकाशित मितिः   २० माघ २०८१, आईतवार ०६:०१