माओवादीद्वारा संसद् बैठक अवरुद्ध
सुर्खेत: नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । आइतवारको प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौं अधिवेशनको पाँचौं बैठकमा माओवादी केन्द्रले आपत्ति जनाएर अवरोध गरेको हो ।
माओवादी संसदीय दलका नेता राजकुमार शर्माले आफू नेतृत्वमा हुँदा कर्णाली समृद्धिको परियोजनाअन्तर्गत १० हजार जनालाई रोजगारी दिने लक्ष्यसहित अघि सारिएको कार्यक्रममा सरकारले वास्ता नगरेको भन्दै आपत्ति जनाएका हुन् । व्यक्तिगत र दलगत रूपमा समझदारी गरिएको उक्त विषयलाई सरकारले वर्तमान सरकारले बेवास्ता गरेको उनले बताए ।
‘कर्णालीका भोका नागरिकलाई रोजगारी दिने लक्ष्यअनुसार वार्षिक दश हजारलाई राजगारी दिने गरी अघि सारिएको कार्यक्रममा भएको बजेटलाई सरकारले अन्यत्र घुमाएको छ,’ उनले भने । संसद् चल्न नदिने भन्दै माओवादी सांसदहरूले उभिएर विरोध जनाएपछि संसद् आधा घण्टाको लागि स्थगित भएको छ ।
आइतवारको संसद् बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल गर्ने, कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गर्न प्रस्ताव राख्ने कार्यसूची थियो ।
प्रकाशित मितिः १४ माघ २०८१, सोमबार ११:५८
साझा बिसौनी ।