वार्षिकोत्सवमा रक्तदान

सुर्खेत: कृषि विकास बैंक कर्मचारी संघ नेपाल कर्णाली प्रदेश समिति सुर्खेतको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । कृषि विकास बैंकको ५८औँ वार्षिक उत्सवको अवसरमा शनिवार कृषि विकास बैंकको कर्णाली प्रदेश कार्यलय सुर्खेतमा रक्तदान कार्यक्रम गरिएको हो ।

खुल्ला रक्तदानमा ३६ जनाभन्दा बढीले रक्तदान गरेका छन् । प्रदेश समितिका अध्यक्ष सुमन रिजालको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालय सुर्खेतका निर्देशक डा. सुरोज टण्डन, कृषि विकास बैंक कर्मचारी संघ नेपालका केन्द्रिय सचिव खगेन्द्र भण्डारीसमेतले सयुक्त रूपमा रक्त संकलन व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बोल्दै केन्द्रीय सचिव भण्डारीले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान गर्ने गरिएको बताए । साथै निर्देशक डा. सुरोज टण्डनले रत्तदान कार्यक्रम पुण्यको काम भएको बताए । प्रदेश अध्यक्ष रिजालले बैंकको हरेक वार्षिक उत्सवको अवसरमा नियमित रूपमा रत्तदान गर्ने गरिएको जानकारी दिए ।

प्रकाशित मितिः   १३ माघ २०८१, आईतवार १०:४५