जनहितकारीको २६औँ स्थापना दिवस

सुर्खेत: जनहितकारी बचत तथा ऋण सहकारी संस्था सुर्खेतले २६औँ वार्षिक स्थापना दिवस सप्ताहव्यापी कार्यक्रम गरेर मनाएको छ । बिहीवार स्मारिका विमोचनसहित सप्ताहव्यापी कार्यक्रम समापन गरिएको हो ।

स्थापना दिवस मूल समारोह समिति सभापति तिर्थराज गिरीको सभापतित्व एवम् कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य हरिहरनाथ योगी, नेपाल बचत तथा ऋण केन्द्रीय संघका केन्द्रीय सञ्चालक सदस्य वीरबहादुर रावत, जिल्ला सहकारी संघका अध्यक्ष अमृत बि.सी, वीरेन्द्रनगर–४ का वडाअध्यक्ष शेरबहादुर केसीलगायतको सहभागिता रहेको थियो ।

संस्थाले स्थापना दिवस तथा रजत जयन्तीको अवसर पारेर सप्ताहव्यापीरूपमा विभिन्न कार्यक्रम गर्नुका साथै सर्वाधिक मासिक बचतकर्ता, दैनिक बचतकर्ता, स्वेच्छिक बचतकर्ता, बाल बचतकर्ता, गृहणी बचत कर्ता, आवधिक बचतकर्ता, उत्कृष्ट ऋणी सदस्य, व्यापार, सेवा, व्यवसाय, कृषिलगायत विधागत क्षेत्रबाट समेत पुरस्कृत गरिएको थियो ।

प्रकाशित मितिः   १९ पुष २०८१, शुक्रबार ०६:०१