एकीकृत समाजवादीको अध्यक्षमा खत्री

सुर्खेत: नेकपा (एकीकृत समाजवादी) सुर्खेतको अध्यक्षमा खड्गबहादुर खत्री चयन भएका छन् । पार्टीको आठौँ जिल्ला अधिवेशनले खत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

कमिटीको उपाध्यक्षमा कुमार ढकाल र गोविन्द शाही, सचिवमा कृष्णप्रसाद सुवेदी, उपसचिवमा गौमाया वली, बालकृष्ण खत्री र लालसिं सुनारलाई चयन गरिएको छ । पदाधिकारीसहित ६२ जना सदस्यहरू सर्वसम्मत रूपमा छनोट गरिएको उपाध्यक्ष कुमार ढकालले जानकारी दिए ।

प्रकाशित मितिः   १७ पुष २०८१, बुधबार ०६:०१