एनपीएलले दिएको उपहार

कर्णालीका उदाउँदा क्रिकेट स्टार विपिन

सुर्खेत: नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल पुग्ने र उपाधि उचाल्ने कर्णाली याक्सको लक्ष्य पूरा हुन सकेन । एनपीएलको पहिलो संस्करणमा कर्णालीको यात्रा प्लेअफको दोस्रो क्वालिफायरसम्म उक्लिएर टुँगिएको छ ।

उपाधि होडको नजिकै पुगेर असफल भएपनि कर्णाली याक्सले नेपाली क्रिकेटका लागि महŒवपूर्ण उपहार दिएको छ । जादुमयी स्पिन बलर र उदाउँदा स्टारलाई नेपाली क्रिकेट आकाशमा उभ्याएको छ । जुन स्टारको नाम हो, विपिन शर्मा ।

उनलाई ट्यालेन्ट हन्टबाट कर्णालीले आफ्नो टिममा भिœयाएको हो । ट्यालेन्ट हन्टबाट छानिए पनि उनी प्लेइङ सेटमा पर्छन् र कर्णालीको बलिङ आक्रमणको नेतृत्व गर्छन् भनेर कसैले कल्पनासम्म गरेका थिएनन् । तर उनै विपिनले कर्णालीलाई दोस्रो क्वालिफायरसम्म पु¥याउन महŒवपूर्ण भूमिका खेले । क्वालिफायरमा उनले उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि टिम फाइनल पुग्न भने सकेन ।

कर्णाली याक्सको उपाधि यात्रा रोकिए पनि विपिनको क्रिकेट यात्रा भने यहीबाट सुरु भएको छ । उनको जादयुमयी प्रदर्शन अहिले चर्चामा छ । एनपीएलमा काठमाडौं गुर्खाजविरुद्ध ‘डेब्यु’ को मौका पाएका विपिनले त्यसयता आफूलाई प्रमाणित गरेर लगातार प्लेइङ सेटमा पार्न सफल भए । अनुभवी स्पिनरहरू भुवन कार्की र मौसम ढकाललाई पछि पार्दै उनी टिमको महŒवपूर्ण खेलाडी बने ।

डेब्यु खेलमै विपिनले काठमाडौं गुर्खाजका ओपनर माइकल लेभिटको विकेट लिएका थिए । तर, दुर्भाग्य भन्नुपर्छ, विपिनले विकेट लिएको त्यो खेल भने कर्णालीले जित्न सकेन । उक्त खेलमा उनले चार ओभरमा मात्र १८ रन दिएका थिए ।
त्यसपछि चितवनविरुद्धको खेलमा विपिनले तीन विकेट लिए । त्यसक्रममा चार ओभर बलिङ गर्दै २१ रन मात्रै दिएर तीन विकेट लिएका थिए । पाकिस्तानका अनुभवी पूर्व क्रिकेटर सोहेल तनवीरको विकेट उनैले लिएका थिए ।

उनले खेलेको तेस्रो खेलमा विराटनगर किंग्सविरुद्ध कर्णालीलाई जिताउन विपिनले नौ बलमा १९ रन ठोकिसकेका लोकेश बम अनि चार बलमा चार रन बनाएर खेलिरहेका अर्का ठूला नाम मार्टिन गुप्टिलको विकेट लिए । त्यो म्याचमा कर्णाली सात रनले विजयी भएको थियो । विराटनगरविरुद्ध विपिनले चार ओभरमा एक मेडेन राख्दै २० रन खर्चिएर तीन विकेट झारे ।

त्यतिमात्रै होइन, विपिनले लुम्बिनी लायन्सविरुद्धको खेलमा पनि महŒवपूर्ण खेलाडीलाई नै सिकार बनाए । बेन कटिङको विकेट लिन सफल भए । यो खेलमा पनि एक मेडेन ओभर फाले भने २५ रन दिएर एक विकेट लिए ।

पोखराविरुद्ध भने उनले दुई ओभर मात्रै बलिङ गर्न पाए । जसमा २० रन दिएर एक विकेट लिएका थिए । पोखराका ओपनर आन्द्रेस गौसले १२ बलमै २५ रन बनाएर कर्णालीको चिन्ता बढाएका थिए । तर, आन्द्रेसलाई विपिनले धेरै चम्किन दिएनन् र तेस्रो ओभरको पाँचौँ बलमा आउट गरेर टिमलाई आइलागेको चुनौती कम गरिदिए ।

लिग चरणको अन्तिम खेलमा कर्णाली सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले हारे पनि विपिनले आफ्नो जिम्मेवारी भने पूरा गरे । तीन ओभरमा २२ रन खर्चिएर एक विकेट लिए । ओपनर विनोद भण्डारीलाई चार रनमै आउट गरेर उनले सुदूरपश्चिममाथि दबाब बढाएका थिए ।

यसरी लिग चरणमा अस्ट्रेलियाका अलराउन्डर कटिङदेखि गुप्टिल, आन्द्रे गौस र तनवीरजस्ता अनुभवी खेलाडी एनपीएलमा विपिनको सिकार बने । उनले हरेक खेलमा ठूला र महत्त्वपूर्ण खेलाडीलाई आफ्नो सिकार बनाए । जुन रफ्तारलाई उनले प्लेअफमा पनि निरन्तरता दिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो इलिमिनेटरमा विपिनले चितवन राइनोजका कप्तान कुशल मल्लको विकेट लिए । जुन खेलमा कर्णाली विजयी हुँदै एनपीएलको क्वालिफायर–२ मा प्रवेश गरेको हो । उनले लिएको कुशलको विकेट नै कर्णालीको जितको महŒवपूर्ण आधार बनेको थियो ।

विपिन दोस्रो क्वालिफायरमा बिहीवार पनि सानदार प्रदर्शन गरे । र, अघिल्ला खेलहरूमा जस्तै जनकपुरका महŒवपूर्ण तीन विकेट लिए । चार ओभरमा जम्मा १७ रन खर्चेर तीन विकेट लिएका उनले अर्को ठूलो नाम जिमी निसमलाई सिकार बनाए । जतिबेला निमस १७ बलमा ४५ रन बनाएर आक्रामक ब्याटिङ गरिरहेका थिए । उनलाई विपिनले बोल्ड गरिदिए ।

विपिनले आफूले खेलेका हरेक खेलमा विकेट लिए । उनले लिग चरणको पहिलो खेल खेलेका थिएनन् । दोस्रो खेलदेखि निरन्तर मौका पाए । आठ खेल खेल्दा १३ विकेट आफ्नो नाममा गरे । फाइनल खेलअघि एनपीएलमा विपिनभन्दा धेरै विकेट लिने अन्य तीन जना मात्रै छन्, उनी चौथो स्थानमा छन् ।

१६ वर्षीय बाँया हाते लेगस्पिनर विपिन सुर्खेतका हुन् । उनले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेका थिए । क्रिकेट खेल्न थालेको चार वर्षमै एनपीएलमा आफ्नो जादुयी बलिङ क्षमता देखाएर सबैको ध्यान तान्न सफल भएका छन् ।

सुर्खेतको भेरीगंगा नगरपालिकाका उनी स्कुल बिदा हुनासाथ आफ्ना दाइसँग मैदानमा पुग्थे । स्थानीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढिरहेका उनले खेल र पढाइलाई सँगसँगै अघि बढाइरहेका छन् ।

उनका बुबा सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा होटल चलाउँछन् । विपिन बुबाआमालाई होटलमा पनि सघाउँछन् । अनि यसो फुर्सद निकालेर क्रिकेट सिक्न पनि जाने गरेका छन् । प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा सुर्खेतबाट खेलेर उनी दुईपल्ट म्यान अफ द म्याचसमेत भएका थिए । सुर्खेतलाई च्याम्पियन बनाउँदा उनको बलिङ निकै महŒवपूर्ण थियो ।

एनपीएलमा सहभागी आठ वटै फ्रेन्चाइज टिममा एक स्थानीय आइकोनिक प्लेयर राख्नुपर्ने हुन्छ । त्यसैले आठवटै टिममा एक जना स्थानीय आइकनिक खेलाडी छानिएका छन् । प्रत्येक टिमले परीक्षणपश्चात् स्थानीय खेलाडीहरू छानेका हुन् । कर्णालीमा विपिन त्यसरी नै अर्थात् ट्यालेन्ट हन्टबाट छानिएर आएका हुन् । ९३ खेलाडी सहभागी ट्यालेन्ट हन्टमा उनी उत्कृष्ट पाँचभित्र परेका थिए ।

उनका लागि ट्यालेन्ट हन्ट किन पनि महŒवपूर्ण छ भने, राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी, गुल्सन झा, देव खनालदेखि भारतका पूर्वक्रिकेटर शिखर धवन, ओमानका अलराउन्डर जिसान मक्सुदजस्ता ख्यातिप्राप्त विदेशी खेलाडीलाई आफूले खेलेको पहिलो ठूलो प्रतियोगितामा उनले टिममेटका रूपमा पाए । उनीहरूको अनुभवबाट लाभान्वित हुने अवसर पाए ।

जारी एनपीएलमा लगातार खेल्न पाउने विपिन एक मात्र आइकोनिक प्लेयर हुन् । टिम तेस्रो भएपनि कर्णालीका यी बलर पहिलो भएका छन् । समग्रमा धेरै विकेट लिने नेपाली खेलाडीमा उनी दोस्रो स्थानमा छन् । त्यसैले कर्णालीले हारे पनि विपिनले धेरैको मन जितेका छन् ।

कुनै बेला ट्यालेन्ट हन्टबाटै आएका रोहितकुमार पौडेलले अहिले राष्ट्रिय टिमको कप्तानी गरिरहेका छन् । विपिनजस्ता खेलाडीलाई पनि मौका दिने हो भने गरेर देखाउँछन् भन्ने कुरा एनपीएलबाट संकेत मिलिसकेको छ । नेपाल प्रिमियर लिगको पहिलो संस्करणले नेपाली क्रिकेटलाई एक स्टार उपहार दिएको छ । यो नै एपनीएलको सफलता मापन गर्ने महŒवपूर्ण सूचक हुनसक्दछ ।

प्रकाशित मितिः   ६ पुष २०८१, शनिबार १७:४१