पत्रकार महासंघ सुर्खेत: अध्यक्षमा शर्मा र बिसी
सुर्खेत: नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको अध्यक्षमा सुशीलराज शर्मा र मधुवन बिसीले आधा–आधा कार्यकाल बाँड्ने भएका छन् । शुक्रवार भएको मतदानमा शर्मा र बिसीको मत बराबर भएपछि कार्यकाल बाँडिने भएको हो । दुवैजनाले समान ७०/७० मत पाएका छन् ।
त्यसैगरी खुला उपाध्यक्षमा सुशील खड्का निर्वाचित भएका छन् । उनले ९२ मत पाउँदा उनका प्रतिस्पर्धी विवशकुमार सेजुवालले ५० मत पाएका छन् । महिला उपाध्यक्षमा सिर्जना बुढाथोकी डाँगी ९१ मत पाएर निर्वाचित हुँदा प्रतिस्पर्धी कमला भारतीले ४९ मत पाइन् ।
सचिवमा गोविन्द खत्री विजयी भएका छन् । उनले ७५ मत पाए । सचिवमा पराजित यज्ञबहादुर खत्रीले ६५ मत पाएका छन् । सहसचिवमा पनि मत बराबरी भएको छ । खुला सहसचिवमा गीता थापा र नविनकुमार सुवेदीले समान ७१÷७१ मत पाएका हुन् ।
समावेशी सहसचिवमा भने जगतदल जनाला विक निर्वाचित भएका छन् । विकले एक सय पाँच मत पाउँदा उनका प्रतिस्पर्धी सञ्जिव बरालले ३४ मत पाएका छन् । त्यसैगरी कोषाध्यक्षमा दिपकजंग शाही ८० मत पाएर विजयी हुँदा देवबहादुर रानाले ६३ मत पाए ।
प्रकाशित मितिः २९ मंसिर २०८१, शनिबार ११:५८
साझा बिसौनी ।