औद्योगिक कोसेली घर

कर्णालीका औद्योगिक उत्पादनलाई प्रवद्र्धन गर्न प्रदेश सरकारले कोशेली घर सञ्चालन गर्ने भएको छ । त्यसका लागि कार्यविधि निर्माण हुँदैछ । स्थानीय लघु औद्योगिक ग्राम तथा कोशेली घर सञ्चालनसम्बन्धी कार्यविधि निर्माणका लागि मस्यौदा तयार भइसकेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कार्यविधिको मस्यौदा तयार पारेको हो । प्रदेशभर निर्माण भएका कोशेली घरको सञ्चालनका लागि कार्यविधि निर्माण गर्न लागिएको छ । कार्यविधि निर्माण भएपछि सञ्चालनमा रहेका कोशीली घरलाई व्यवस्थित गर्न र आवश्यकताअनुसार नयाँ कोशेली घर निर्माण गर्न सहज हुनेछ । औद्योगिक ग्राम निर्माण गर्ने र रैथाने उत्पादनको बजारीकरणका लागि कोशिली घर सञ्चालन गर्ने योजना सरकारको छ । त्यसका लागि चालु आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा समेटेर कोशेली घर सञ्चालन गर्ने योजना कार्यान्वयनमा ल्याउन लागिएको हो ।

कार्यविधि निर्माण कार्य अन्तिम चरणमा पुगेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव कोइरालाकाअनुसार प्रदेशभर निर्माण भएका कोशेली घरको सञ्चालनका लागि कार्यविधि निर्माण गर्न लागिएको हो । अघिल्ला आर्थिक वर्षहरूमा प्रदेश सरकारले बजेट विनियोजन गरेर कोशेली घर निर्माण गरेको थियो । निर्माण गरिएका कोशेली घरहरूको सञ्चालनका लागि यो वर्ष कार्यविधि निर्माण गर्न लागिएको छ । निर्माण गरिएका संरचनाहरूको सदुपयोग गर्ने र रैथाने उत्पादनको बजारीकरण गर्ने प्रदेश सरकारको मुख्य लक्ष्य रहेको जनाइएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्रमुख प्राथमिकतामा राखिएको छ । प्रदेश सरकारका निकायबाट हुने खरिदमा प्रदेशमै उत्पादित बस्तु तथा सेवाको खरिद गर्ने, प्रोत्साहन गर्नेगरी कोशेली घर निर्माण गर्न लागिएको प्रदेश सरकारको भनाइ छ । यो वर्ष रैथानै उत्पादनको बजारीकरणको लागि कार्यविधि निर्माण गरेर कोशेली घर सञ्चालन गर्न लागिएको जनाइएको छ । स्थानीय स्तरमा उद्योगहरूबाट निर्माण गरिएका विषयवस्तुलाई प्रोत्साहन गर्ने र बजारीकरण गर्ने प्रदेश सरकारको प्रमुख लक्ष्य रहेको छ ।

वीरेन्द्रनगरमा कोशेली घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माणको ९० प्रतिशत काम सकिएको छ । एक करोड २४ लाखमा घर निर्माणका लागि ठेक्का सम्झौता गरिएको हो । चालु आर्थिक वर्षमा समेत प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । कोशेली घर निर्माणका लागि चालु आर्थिक वर्षमा दश लाख बजेट विनियोजन गरिएको छ । स्थानीयस्तरमा उत्पादन भएका वस्तुहरूको उत्पादनमा वृद्धि गर्ने र बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले कोशेली घर सञ्चालन गर्न लागिएको हो । घरेलु तथा साना उद्योगहरूबाट निर्माण भएका सामग्रीको उचित बजार मूल्यका साथ कोशेली घरमा राखिने छ ।

प्रकाशित मितिः   २४ मंसिर २०८१, सोमबार ०६:०३