पूर्वाधारमा साझेदारी
कर्णाली प्रदेश सरकारले एसियाली विकास बैंकको सहयोगमा सडक निर्माण गर्न लागेको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत तीन वटा ठेक्का सम्झौतामार्फत् सडक निर्माण गर्न लागेको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर सडक निर्माण गर्ने योजना ल्याएको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत सडक निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । साझेदारीबाट पूर्वाधार निर्माण गर्न लागिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत हुने सडक निर्माणका लागि चालु आर्थिक वर्षमा एक अर्ब तीन करोड बजेट विनियोजन गरिएको छ । एसियाली विकास बैंकको सहयोगमा तीन जिल्लामा सडक निर्माण गर्न लागिएको हो ।
प्रदेश सरकारकै लगानीमा ठूला आयोजना सम्पन्न गर्न नसकिने भएपछि ठूला विकास साझेदारसँग मिलेर पूर्वाधार निर्माण गर्न लागेको हो । खास गरेर विश्व बैंक र एसियाली विकास बैंकसँगको सयुक्त साझेदारीमा पूर्वाधार निर्माण थालिएको हो । प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना र ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत पूर्वाधार निर्माणका काम थालिएको हो । चालु आर्थिक वर्षमा तीन जिल्लाका ग्रामीण सडक निर्माण गरिनेछ । तीन ठाउँमा ठेक्का सम्झौता गरेर काम सुरु गरिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले जनाएको छ । मोर्क–चङ्खिला–बडावन–सानाखोला सडक जाजरकोटको ठेक्का सम्झौता गरेर काम सुरु गरिएको छ । कर्णाली प्रदेश सरकारको २० प्रतिशत र एसियाली विकास बैंकको ८० प्रतिशतमा सडक निर्माण गर्न लागिएको छ । तीन ठाउँमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ । यसैगरी ढाडखेत–मटेला–धरमपोखरा सडक सुर्खेत र चौरजहारी–तार्जी–खोलागाँउ–चौथा–बैरागीठाँटी–मुसिकोट–सल्ले रुकुमपश्चिम सडक निर्माण सुरु गरिएको छ । ठेक्का सम्झौता गरेर काम अघि बढाइएको तीनवटै सडक प्रदेश सरकारको २० प्रतिशत र एसियाली विकास बैंकको ८० प्रतिशतमा निर्माण हुनेछन् । आयोजनाका अनुसार २०८० चैत २८ गते सडक निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ । जसअन्तर्गत तीन वटै सडकको सम्झौता अवधि २०८२ चैतसम्मका लागि तोकिएको छ ।
कर्णाली प्रदेश सरकारले विकास साझेदार संघसंस्थासँग मिलेर पूर्वाधार निर्माण थालेको छ । प्रदेश सरकारकै लगानीमा ठूला आयोजना सम्पन्न गर्न नसकिने भएपछि ठूला विकास साझेदारसँग मिलेर पूर्वाधार निर्माण गर्न लागेको हो । खास गरेर विश्व बैंक र एसियाली विकास बैंकसँगको सयुक्त साझेदारीमा पूर्वाधार निर्माण थालिएको हो । साझेदारीबाट पूर्वाधार निर्माण गर्दा काम समयमै सम्पन्न हुने र बजेटको पनि अभाव हुनेछैन । प्रदेश महत्वका आयोजनाहरूमा साझेदारीबाट पूर्वाधार निर्माण थालिएको छ । यसरी सञ्चालन गरिएका आयोजनाहरू प्रभावकारी हुने अपेक्षा राखिएको छ ।
प्रकाशित मितिः २० मंसिर २०८१, बिहीबार ०६:०३
सम्पादकीय ।