बुलबुले उद्यान सरसरफाइ

सुर्खेत, १४ मााघ । (साबिस)
सुर्खेत अटो व्यवसायी संघले बिहीवार पर्यटकीय स्थल बुलबुले उद्यानमा सरसफाइ गरेको छ ।  संघले अर्धवार्षिक कार्ययोजना अनुसार पर्यटकीय स्थल बुलबुले उद्यानमा सरसफाइ कार्यक्रम गरेको हो । कार्यक्रममा उद्यानको गेटदेखि पूरै उद्यानभित्र पनि सरसफाइ गरिएको छ । 
सरसफाइ कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाश पौडेल सरसफाइ नगरपालिकाले पनि आफ्नो कार्ययोजनामा राखेको र अटो व्यवसायीले लामो समयदेखि माग गर्दै आएको अटो भिलेजलाई नगरपरिषद्बाट पास भइसकेको बताए । त्यस्तै उद्योग वाणिज्य संघका महासचिव गोपालकृष्ण गिरीले अटो भिलेज अहिलेको समसामूहिक विषय भएकाले यसमा उद्योग वाणिज्य संघको पनि ध्यानाकर्षण भएको बताए । कार्यक्रममा हेभी इक्युपमेन्ट, सुर्खेतका अध्यक्ष मदन खड्काले पनि सुर्खेतलाई सुन्दर बनाउनका लागि सबै एकजुट हुने भन्दै अटो भिलेजक लागि पनि आफूहरूले पहल गरिरहेको बताए । कार्यक्रममा ट्रेड युनियन कांगे्रसका केन्द्रीय सदस्य जय बिसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष ईन्द्रबहादुर थापाको सभापतित्व रहेको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव प्रकाश शाहीले गरेका थिए ।