प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस
काठमाडौं, २९ चैत ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस भएको छ । संवैधानिक परिषद्ले परिषदको आइतबार साँझ बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठको उमेर हदका कारण आगामी बैशाख १ गतेदेखि अवकास पाउन लागेका छन्। अब संसदीय सुनुवाई समितिमा कार्कीको नाम पेश हुनेछ । त्यसपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने चलन छ।
०६५ साल माघ ९ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी उनी ०६७ मंसिर २ गते उनी सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनेकी थिइन । हाल कार्की सर्वोच्च अदालतको बरिष्ठ न्यायाधीश हुन्।
प्रकाशित मितिः २८ चैत्र २०७२, आईतवार १५:२३
साझा बिसौनी संवाददाता ।