पेट्रोलियम उत्खनन्
दैलेखमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ को काम भइरहेको छ । अहिले तोकिएकै समयमा काम सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो । अन्तिम चरणको अन्वेषणको कामका लागि एक वर्ष म्याद थप गरिएको छ । नेपाल सरकार खानी तथा भूगर्व विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबिच अन्तिम चरणको काम सम्पन्न गर्नका लागि एक वर्ष म्याद थप गरिएको हो । २०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गतको अन्तिम चरणको कामको सम्झौता २०८० फागुनमा सकिएको थियो । २०८१ फागुनसम्म आयोजनाको म्याद थपिएको हो । काम रोकिएको छैन, अबको दुई महिनामा ‘ड्रिलिङ’ को काम सक्ने लक्ष्य छ, धेरै काम बाँकी नै छ, एक वर्ष म्याद थप गरिएको हो ।
आयोजनाले सकेसम्म तोकिएकै मितिमा काम सक्नेगरी तयारी गरिएको जनाएको छ । काममा ढिलाइ हुँदा थप समस्या आउन सक्ने भएकाले तोकिएकै मितिमा काम सम्पन्न गरेर पेट्रोलियम पदार्थ पत्ता लगाइने आयोजनाको भनाइ छ । तोकिएकै मितिमा आयोजनाले काम सम्पन्न गर्ने जनाए पनि ‘ड्रिलिङ’ को काममा भने ढिलाइ भइरहेको छ । वैशाख २३ गतेदेखि अन्तिम चरणको ‘ड्रिलिङ’ को काम सुरु गरिएको हो । ‘ड्रिलिङ’ को काम थालिएको पाँच महिना वित्तिसक्दा पनि अपेक्षित रूपमा भने काम हुन सकिरहेको छैन । मेसिनले जमिन मुनिसम्म खनेर पेट्रोलियम पदार्थ भए÷नभएको पुष्टि गर्न लागिएको छ । अहिले अन्तिम चरणको ‘ड्रिलिङ’ को काम भइरहेको हो । हालसम्म पेट्रोलियम अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’ गर्ने काम दुई हजार आठ सय १४ मिटर गहिराइसम्म पुगेको छ । अझै ‘ड्रिलिङ’ को काम सक्न दुई महिना लाग्ने जनाइएको छ । आयोजनामा चार हजार पाँच सय मिटरसम्म गहिराइ ड्रिलिङ गरी अन्वेषणको काम हुनेछ । त्यसपछि उक्त स्थानमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसको उत्खनन् सम्भावनाबारे अध्ययन गरिने छ ।
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ भित्रै पेट्रोलियम पदार्थ अन्वेषणको काम सक्ने लक्ष्य राखेको छ । सोही लक्ष्य अनुरूप काम भइरहेको छ । चिनियाँ सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु भएको हो । दैलेखको भैरवी गाउँपालिका वडा नं. १ जलजलेमा अन्वेषण साइट छनोट भएको छ । अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन् सम्भावनाको टुँगो लाग्ने छ । अन्तिम चरणमा हुने ‘ड्रिलिङ’ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन् योजना अघि बढ्ने जनाइएको छ । अबको दुई महिनामा ड्रिलिङ सक्नेगरी काम भइरहेको जनाइएको छ ।
प्रकाशित मितिः १३ कार्तिक २०८१, मंगलवार ०६:०३
सम्पादकीय ।