बहुउद्देश्यीय परियोजना
कर्णाली प्रदेश सरकारले जलविहारसहितको बहुउद्देश्यीय परियोजनाको सम्भाव्यता अध्ययन गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर कार्यक्रम कार्यान्वयन गर्न लागेको हो । सुर्खेतको बुलबुले तालबाट काँक्रेविहार हुँदै निकाससम्म जलविहारसहितको बहुउद्देश्यीय परियोजनाको सम्भाव्यता अध्ययन गरिने जनाइएको छ । यो वर्ष सम्भाव्यता अध्ययनको काम गर्ने र आगामी वर्षबाट परियोजना निर्माण गर्नेगरी काम अघि बढाउन लागिएको हो । चालु आर्थिक वर्षमा परियोजनाको सम्भाव्यता अध्ययनको काम गरिने जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । परियोजनाको अध्ययनको काम भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गर्नेगरी नीति तथा कार्यक्रममा राखेको थियो ।
जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि ब्लक बजेट राखिएको जनाएको छ । नीति तथा कार्यक्रममा उद्योग मन्त्रालयले सम्भाव्यता अध्ययनको काम गर्ने भनिएको छ, सरकारकै परियोजना भएकाले जलस्रोत मन्त्रालयमा बजेट रहेकाले अध्ययनको काम यो वर्ष नै गरिनेछ । यो वर्ष मन्त्रालयले विभिन्न परियोजना अध्ययनका लागि ब्लकमा बजेट राखेको हो । जलविहारसहितको बहुउद्देश्यीय परियोजना प्रदेश सरकारको महत्वपूर्ण परियोजना भएकाले मन्त्रालयले सम्भाव्यता अध्ययनको काम अघि बढाउन लागेको छ । यो वर्ष सम्भाव्यता अध्ययनको काम गरिने भएपनि आयोजनालाई अघि बढाउन भने लगानीको खोजी गर्नुपर्ने अवस्था छ । कर्णाली प्रदेश सरकारले बहुउद्देश्यीय परियोजना अघि बढाउन विश्व बैंकसँग छलफल अघि बढाएको छ । यो वर्ष परियोजनाको सम्भाव्यता अध्ययन गरेर आउँदो वर्षबाट परियोजना अघि बढाउने प्रदेश सरकारको योजना रहेको छ । यो वर्ष सुर्खेतको बुलबुले तालबाट काँक्रेविहार हुँदै निकाससम्म जलविहारसहितको बहुउद्देश्यीय परियोजनाको सम्भाव्यता गर्न लागिएको हो । परियोजना अघि बढाउन विश्व बैंकसँग निरन्तर छलफल भइरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । प्रि–फिजिविलिटी अध्ययनको काम यो वर्ष नै गर्ने र आउँदो वर्षबाट परियोजना निर्माणको काम अघि बढाउनेगरी अघि बढेको सरकारले जनाएको छ । परियोजना अघि बढाउन धेरै रकम लाग्ने भएकाले नीजि क्षेत्रसँग लगानीका लागि पहल गरिएको हो ।
कर्णालीमा ठूला परियोजना सञ्चालनमा छैनन् । धेरैजसो परियोजनाको सम्भाव्यता अध्ययनको काम हुने गरेको भएपनि कार्यान्वयनमा भने न्यून मात्र आउँने गरेका छन् । प्रदेशमा लगानीमैत्री वातावरण नहुँदा ठूला आयोजना सञ्चालनमा समस्या हुनेगरेको हो । जलविद्युत तथा सिमेन्ट उद्योगहरूले परियोजनाको सम्भाव्यता अध्ययनको काम गरेको भएपनि परियोजना कार्यान्वयन हुन सकेको छैन । प्रदेशमा लगानीमैत्री वातावरण नहुँदा आयोजना सञ्चालनमा कठिनाई हुनेगरेको जनाइएको छ । त्यसैले सरकारले नीतिगतरूपमा पनि लगानीको उपयुक्त वातावरण बनाएर ठूला लगानी भिœयाउन जोड दिनुपर्ने देखिन्छ ।
प्रकाशित मितिः १३ आश्विन २०८१, आईतवार ०८:०३
सम्पादकीय ।