साना किसानको साधारणसभा

सुर्खेत: महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड बराहतालको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष निमृला दर्लामीको अध्यक्षता तथा बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरको प्रमुख आतिथ्यतामा शुक्रवार साधारणसभा सम्पन्न गरिएको हो ।

सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट सहायक प्रबन्धक दलबहादुर सिजापतिले आर्थिक वर्ष २०८०/०८१ को १७ करोड ६५ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ को लागि २३ करोड ९५ लाख बराबरको कारोबार प्रस्तावित गरिएको छ ।

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था सुर्खेतका शाखा प्रबन्धक हरिप्रसाद न्यौपाने, बराहताल गाउँपालिका वडा नं. ५ का अध्यक्ष धिमराज जोल्मी, जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद सिग्देल, साना किसान सहकारी संस्था लाटीकोइलीका अध्यक्ष शान्ति सिंह, साना किसान सहकारी संस्था उत्तरगंगाका मुख्य प्रबन्धक चित्रप्रसाद रेग्मीलगायतको पनि सहभागिता रहेको संस्थाका प्रबन्धक दिलिपकुमार सारुले जानकारी दिए ।

प्रकाशित मितिः   १२ आश्विन २०८१, शनिबार ०५:०२