कर्णालीको मार्की खेलाडीमा सोमपाल
सुर्खेत: नेपाल प्रिमियर लिगमा सहभागी हुने टिमका मार्की खेलाडी टुँगो लागेको छ । नेपाल क्रिकेट संघले शनिवार आयोजित कार्यक्रममा गोलाप्रथामार्फत् मार्की खेलाडीहरूको टिम टुँगो लगाएको हो ।
काठमाडौंको मार्की खेलाडीमा करण केसी, पोखरा टिममा कुशल भुर्तेल, चितवनमा कुशल मल्ल, विराटनगरमा सन्दीप लामिछाने, जनकपुरमा आसिफ सेख, लुम्बिनीमा रोहित पौडेल, कर्णालीमा सोमपाल कामी र सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी छन् ।
प्रतियोगिता आगामी मंसिर १५ देखि पुस ६ सम्म सञ्चालन हुनेछ । क्यानको महत्वाकांक्षी परियोजना पहिलो पटक आफैले आयोजना गर्न लागेको हो । क्यानले लिगको टोली र मार्की खेलाडी घोषणा गरेसँगै अब खेलाडी आवद्ध गर्न अक्सन हुनेछ ।
प्रकाशित मितिः ३० भाद्र २०८१, आईतवार २०:११
साझा बिसौनी ।