सुर्खेतमा थारु साहित्य श्रृंखला पुनः सञ्चालन
सुर्खेत: लखागिन थारु साहित्य श्रृंखलाको पाँचौ श्रृंखला सम्पन्न गरिएको छ । लखागिन थारु उत्थान मञ्च सुर्खेत र राष्ट्रिय थारु कलाकार मञ्च शाखा सुर्खेतको संयुक्त आयोजनामा थारु भाषा, कला, साहित्यको उत्थान, विकास, संरक्षण एवम् प्रवद्र्धन गर्न उक्त श्रृंखलाको आयोजना गरिएको हो ।
वि.सं. २०७६ सालदेखि जंग्रार साहित्य बखेरीद्वारा सञ्चालनमा आएको साहित्यिक श्रृंखलाको चौथौ भाग सम्पन्नपश्चात् कारोना महामारीका कारण स्थगित भएकोले लखागिन थारु साहित्य श्रृंखलालाई पुनः सुचारु गरिएको श्रृंखलाका संयोजक एवम् वरिष्ठ थारु साहित्यकार मानबहादुर चौधरी पन्नाले जानकारी दिए ।
थारु भाषा, साहित्य, कला–सस्कृतिको संरक्षण एवम् प्रवद्र्धन गर्न एक्लैले सम्भव नहुने भएकोले नयाँ युवा प्रतिभा, कलाकारलाई जोड्दै र हातमालो गर्दै अघि बढ्नुपर्ने जरुरी भएकोले थारु पुर्खा, बुद्धिजीवि, कर्मचारी, साहित्यमा रुचि राख्ने विद्यार्थीलाई समेट्दै अगाडि बढ्नुपर्ने कुराको विकल्प नभएको पन्नाको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि लखागिन थारु उत्थान मञ्ञ, सुर्खेतका सल्लाहकार शेरबहादुर थारुले आफूसँग थुप्रै पुराना गीतहरू हुँदाहुँदै पनि लिपिवद्ध हुन नसकेको बताए । आफू साक्षर नभएकोले युवाहरूलाई टिपोट गरेर प्रकाशन गर्न आग्रह समेत गरे ।
कार्यक्रममा कवि रामकृष्ण चौधरी, बालकवि सलिन चौधरी, कवयित्री सुमित्रा चौधरीले कविता वाचन गरेका थिए । त्यसैगरी कार्यक्रमको दोस्रो सत्रमा गजल र मुक्तक लेखनबारे प्रशिक्षण दिइएको थियो । कार्यक्रमकोे सहजीकरण लखागिन थारु उत्थान मञ्च, सुर्खेतका सचिव अशोक थारुले गरेका थिए । अबदेखि हरेक महिनाको अन्तिम शनिवार कार्यक्रम नियमित गर्ने जनाइएको छ ।
प्रकाशित मितिः ३० भाद्र २०८१, आईतवार ०५:०२
साझा बिसौनी ।