चपाईं वंशावली विमोचन

सुर्खेत: चपाईं परिवारको वंशावली सार्वजनिक गरिएको छ । चपाईं परिवार समाज कर्णाली प्रदेशले वंशावलीको पुस्तक तयार पारेर शनिवार वीरेन्द्रनगरमा विमोचन गरेको हो ।

पुस्तकमा कर्णाली प्रदेशमा बसोबास गर्ने चपाईं परिवारहरूको वंशावली समावेश गरिएको समाजका अध्यक्ष उमालाल चपाईंले बताए । यसअघि पहिलो संस्करणको पुस्तक निकालिए पनि केही परिवारको वंशावली समावेश नगरिएको पाइएपछि दोस्रो संस्करण निकालिएको जनाइएको छ । यो पुस्तकमा सबैलाई समावेश गरिएको र प्रत्येक वर्ष पुस्तक परिमार्जन गर्दै लैजाने लक्ष्य राखिएको उनले बताए ।

समाजका अध्यक्ष डिलाराम चपाईंको अध्यक्षतामा सम्पन्न भएको विमोचन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका वडा नं. ७ का अध्यक्ष ध्रुवकुमार चपाईं, वडा नं. १२ का अध्यक्ष चुणामडी चपाईंलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   २३ भाद्र २०८१, आईतवार ०५:०२