विश्वविद्यालयको १५औँ सभा सम्पन्न
सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयको १५औँ सभा सम्पन्न भएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलवार सभाको बैठक भएको हो ।
बैठकलाई सम्बोधन गर्दै ओलीले विश्वविद्यालयले समग्र कर्णाली प्रदेश र देशको शैक्षिक विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको बताए । साथै कर्णालीको प्राकृतिक, मौलिक, सांस्कृतिक र समग्र स्रोतसाधनको उच्चतम उपयोग गर्दै मध्यपश्चिम विश्वविद्यालय अध्ययन, अध्यापन र अनुसन्धानको केन्द्रको रूपमा स्थापित हुनुपर्नेमा जोड दिए ।
विश्वविद्यालयका उपकूलपति प्रा.डा. ध्रुवकुमार गौतमले विश्वविद्यालयको नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए । उनले विश्वविद्यालयका लागि दरबन्दी थप गर्नुपर्नेमा जोड दिए । दरबन्दी स्वीकृती कार्यादेशका लागि प्रधानमन्त्री तथा कुलपति ओलीसँग आग्रहसमेत गरे ।
सभामा आर्थिक वर्ष २०८१/०८२ को प्रस्तावित बजेट सहितको कार्यक्रमसम्बन्धी प्रस्ताव तथा विश्वविद्यालयको आर्थिक–प्रशासनिक नियमावली संशोधनसम्बन्धी प्रस्ताव पेश गरिएको थियो । प्रस्तुत गरिएका सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित भएका छन् ।
सभामा विश्वविद्यालयका सहकुलपति एवम् शिक्षामन्त्री विद्या भट्टराई, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीसहितको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः १२ भाद्र २०८१, बुधबार ०५:०२
साझा बिसौनी ।