सहकारी संघको स्थापना दिवस

 

सुर्खेत: जिल्ला बचत तथा ऋण सहकारी संघ सुर्खेतले आफ्नो स्थापना दिवस मनाएको छ । शुक्रवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर २६औँ स्थापना दिवस मनाइएको हो ।

संघका अध्यक्ष भक्तिप्रसाद सापकोटाको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हरिहरनाथ योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक सदस्य वीरबहादुर रावत, बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सञ्चालक सदस्य चन्द्रप्रसाद थानीलगायतको सहभागिता रहेको संघका सचिव छेत्रकुमार गौतमले जानकारी दिए ।

प्रकाशित मितिः   २६ श्रावण २०८१, शनिबार १५:१४