कपडा तथा सिलाई व्यवसायका महिला उद्यामी संगठित
सुर्खेत: सुर्खेत जिल्लामा कपडा तथा सिलाई व्यवसाय महासंघ अन्तर्गत महिला उद्यमी समिति गठन गरिएको छ । खिमकुमारी सोतीमगरको अध्यक्षमा नौ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा बसन्ताकुमारी चन्द, सचिवमा नन्दा नेपाली(राना), सहसचिमा रक्षा चौधरी र कोषाध्यक्षयमा गंगा विकलाई चयन गरिएको छ । यस्तै, सदस्यहरूमा पार्वती सोमैमगर, सर्मिला कसेरा, गिता रानाक्षेत्री, धनसरा विष्ट र कल्पना सोमै चयन भएका छन् । महिला टेलर्स व्यवसायीहरू छरीएर नभइ एक जुट हुनुपर्छ भन्ने उद्देश्यले नयाँ कार्यसमिति गठन भएको अध्यक्ष खिमकुमारी सोतीमगरले बताइन् ।
नेपाल कपडा तथा सिलाई व्यवसाय महासंघ महिला उद्यमी समितिका प्रदेश संयोजक तेजकुमारी चन्दको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष कालिप्रसाद भुसाल रहेका थिए ।
प्रकाशित मितिः २२ श्रावण २०८१, मंगलवार ०५:०४

साझा बिसौनी ।